युएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्नका लागि बुधबार यू-१९ टोली युएई प्रस्थान गर्दै छ।
नेपाल क्रिकेट सघं क्यानले बुधबार यू-१९ टोलीलाई बिदाइ गरेको छ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले बिदाइ गरेका हुन्।
यू-१९ छनोट प्रतियोगिता फागुन १२ देखि युएईमा सुरु हुँदैछ। प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहने छ। यू-१९ क्रिकेट टोलीको कप्तानी देव खनालले गर्ने छन्।