लाेक गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान छाडेको घोषणा गरेका छन्। आसन्न महाधिवेशनप्रति असन्तुष्ट जनाउँदै खत्रीले प्रतिष्ठानको छाडेको घोषणा गरेका हुन्।
‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु’, खत्रीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
'दुख, मिहेनत र पसिना बगाएकाे संस्थाकाे असाध्यै माया लाग्दाे रहेछ। संस्था बाहिर रहँदा पनि संस्थागत तवरबाट कुनै भूमिकामा रहेर काम गर्ने अवसर पनि प्राप्त हुन सकेन। यसपालि भने अग्रज कलाकारबाट नेतृत्वमा आउन मप्रति केही सदभाव रहन्छ कि भन्ने झिनाे आशा राखेकाे थिएँ तर बिडम्बना याे साैभाग्य पनि प्राप्त गर्न सकिनँ, न त अनुजले नै अग्रजकाे सम्मान गरेर भूमिका दिने कुनै मनसाय देखियाे', उनले भनेका छन्, 'संस्थाकाे नाराले मलाई नै गिज्याएकाे अनुभूति भयाे। अब फेरि अनुज भाइबैनीसँग चुनावी प्रतिस्पर्धामा हाेमिनु शाभनीय नहुने र मेराे नैतिकताले पनि यसाे गर्नु उचित नहुने मेराे ठम्याई छ।'
उनले आफूले जस्ताे अपमान र तिरस्कार संस्थामा आइन्दा अरूले सहन नपराेस भन्दै आसन्न महाधिवेशनबाट छनाेट हुने नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गरेका छन्।
'कलाकारकाे हकहितकाे मुद्दामा र संस्कृतिकाे जगेर्नार्थ कतै भेटिने अवसर मिल्याे भने संगै सहयात्री रुपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु', उनले भनेका छन्, 'मैले जस्ताे अपमान र तिरस्कार संस्थामा आइन्दा कुनैपनि भाइबैनीले सहन नपराेस भन्दै आउँदै गरेकाे महाधिवेशनकाे मतगणना स्थलमा बत्ती निभ्ने झन्झटबाट मुक्त भई छनाेट हुनु हुने नयाँ नेतृत्वलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।