निफको सल्लाहकारमा नम्रता श्रेष्ठ मनोनित

अभिनेत्री नम्रता श्रेष्ठ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा मनोनित भएकी छिन्।

निफ आयोजक कमिटीले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई सल्लाहकारमा नियुक्त गरेको जनाएको हाे। चलचित्र महोत्सवमा एक दर्जन कार्यक्रम आयोजना हुने र ती सबै कार्यक्रममा सल्लाहकारको रुपमा श्रेष्ठ रहने जनाइएको छ।

निफ महोत्सवमा चैत २ देखि ६ गतेसम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ। 

प्रकाशित मिति: : 2023-02-23 12:57:00

प्रतिकृया दिनुहोस्