किन आयो नेकपा ब्युँताउने प्रस्ताव ?

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीति वृत्तमा नयाँ–नयाँ दृश्य देखिन थालेका छन्। शक्तिमा रहन गठबन्धन बनाउने र भत्काउने क्रम चलेको छ नै, यसै समय नेकपा ब्युँताउने विषयले पनि प्राथमिकता पाएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम राष्ट्रपतिका लागि आएसँगै यो विषयले चर्चा पाएको हो। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेपालको नाम बाहिर ल्याएसँगै नेपालले भेटघाट र छलफललाई बढाए। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर आफूलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह पनि गरे। यसै मौकामा प्रचण्डले नेकपा ब्युँताउने प्रस्ताव गरेका हुन्।

राष्ट्रपति नेपाल हुँदा आफू संकटमा पर्ने भयले प्रचण्डले नेकपाको सन्दर्भ उठाएका छन्। नेपाल राष्ट्रपति हुँदा कांग्रेसको साथ नहुने र एमालेको अविश्वास हुने भएपछि यतिबेला प्रचण्ड संशकित बनेका छन्। 

प्रकाशित मिति: : 2023-02-24 09:16:00

प्रतिकृया दिनुहोस्