अक्षय कुमारले भारतीय पासपोर्टका लागि दिए आवेदन

भारतीय कलाकार अक्षय कुमारले भारतीय पासपोर्टका लागि आवेदन दिएका छन्। 

अक्षयले आज तकलाई दिएको अन्तर्वार्तामा  क्यानडाको नागरिकता बारेमा खुलेर कुराकानी गरेका थिए र यसैसन्द्भमा उनले भारतीय पासपोर्टका लागि आवेदन दिएकाे बताए। उनी अभिनीत फिल्म ‘सेल्फी’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। 

राज मेहताले निर्देशक गरेको फिल्म ‘सेल्फी’ मा अक्षयसँगै इमरान हाशमी, नुरत भरूचा, मृणाल ठाकुरलगायत कलाकारको अभिनय छ।

फिल्ममा अक्षय एक सुपरस्टार विजयको भूमिकामा देखिएका छन् भने इमरान हाशमी उनको फ्यानको भूमिकामा देखिएका छन्। 

 

प्रकाशित मिति: : 2023-02-25 16:10:00

प्रतिकृया दिनुहोस्