कांग्रेस 'कमब्याक'को भित्री कथा : देउवाको त्यो चलाखीले फर्कायो प्रचण्डको मन

लोकान्तर

रमेश सापकोटा

मुखैमा आएको केन्द्र र प्रदेशको सत्ता गुमाउनु परेपछि निराशा व्यक्त गर्न आउनेसँग धुम्बाराहीको भाडाको घरमा कांग्रेस सभापति शेरबहादुर देउवाले भन्ने गर्थे– वि विल कम्ब्याक ।’ राष्ट्रपति र प्रधानमन्त्री दुवै आफ्नै दलले पाउनुपर्ने अडानका कारण सत्ता गुमाएको भन्दै देउवाको आलोचना पनि भयो ।

पहिलो कार्यकालको प्रधानमन्त्री दिन देउवा तयार नभएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको कित्तामा पुगेर प्रधानमन्त्री बनेका थिए। प्रचण्डले साथ छाडिदिँदा केन्द्र र ४ वटा प्रदेशमा पहिलो र ३ प्रदेशमा दोस्रो दल रहेको कांग्रेस अविश्वसनीयरूपमा प्रतिपक्षी बन्न विवश भयो ।

प्रकाशित मिति: : 2023-02-26 10:32:00

प्रतिकृया दिनुहोस्