श्रृंखला खतिवडाकाे दाेस्राे 'श्रृंखला' सुरू

पूर्वमिस नेपाल श्रृंखला खतिवडाकाे नयाँ श्रृंखला सुरू भएकाे छ।

श्रृंखला काेही महिनासम्म भ्लगर सिसन बानियाँसँग प्रेममा थिइन्। उनीहरूकाे प्रेमबारे सबैले खुलेरै प्रंशसा गरे।

मानिसहरू एकअर्काे लागी बनिएका जाेडि भनेर बताउँथे। तर काेही महिना अघि दुबैले एकअर्काेलाई इन्टाग्राममा अनफ्लाे गरेर सम्बन्ध अघि नबढ्ने संकेत गरे।  हाल श्रृंखलाकाे सञ्चार उद्यमी सम्भव सिरोहियासँग प्रेममा रहेकाे चर्चा चुलिएकाे छ। 

हालै मात्र  सञ्चार उद्यमी सम्भव सिरोहियाले इन्टाग्राममा एक फाेटाे राख्दै Always remember to smile a little spread laughter,joy,happiness. it's the least we can do in the strange world of today, and strange of tommorow लेखेका छन्। 

फाेटाेमा श्रृंखलालाई झ्यालको सिसामा प्रष्ट देखिएको छ र उक्त फाेटाे श्रृंखलाले खिचेको देख्न सकिन्छ।

प्रकाशित मिति: : 2023-02-26 15:26:00

प्रतिकृया दिनुहोस्