काठमाडौंमा राजनीतिक हलचल, गाउँ–गाउँमा संगठित हुँदैछन् एमाले कार्यकर्ता

काठमाडौंमा सत्ता राजनीति तात्तिएको छ।

सत्ता–स्वार्थ चलिरहेका बेला नेकपा (एमाले)ले गाउँ–गाउँमा शुरु गरेकाे संगठन सुदृढीकरणका लागि 'मिसन ग्रासरुट' अभियानले कार्यकर्ता जगाउने काम गरेकाे छ।

सत्ताबिहिन हुने पीडा भन्दा पनि आफ्नो पार्टी विरुद्ध फेरि शुरु भएको घेराबन्दी ताेड्न सशक्त भएर उभिन अबस्था आएको नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सुर्य ढकाल बताउँछन्।

मिसन ग्रासरुटले एमालेविरुद्ध सृजना गरिएको घेराबन्दी ताेड्न कार्यकर्तामा उर्जा प्रदान गरिरहेकाे सघिय सासद समेत रहेका ढकालले बताए।

बाँकेमा जिल्ला,पालिका र टाेलस्तरमा संगठन सुदृढीकरण र प्रशिक्षणकाे तिब्ररुपमा सन्चालन भइरहेकाे पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन्।

उनी भन्छन्, 'हाम्रो पार्टी विरुद्धमा बिगतमा पनि घेराबन्दी गरिएकै हो। आठदलका नाममा फेरि त्यस्तै गर्न खाेजिएको छ। एमालेका नेता कार्यकर्ता सबै प्रकारका घेराबन्दी ताेड्न सक्षम छ। ग्रासरुट अभियानले हामिलाई झन सशक्त बनाउन सहयाेग गरिरहेकाे छ।'

एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले यतिबेला एमालेका नेताहरु जनताकाे घर–घरमा पुगेर राजनीतिक प्रशिक्षण दिइरहेकाे बताउँछन्। दलहरुले चुनावका बेला मात्र राजनीतिक गतिविधि गर्ने गरेकाे भएपनि मिसन ग्रासरुट अभियानले भने कार्यकर्तामा मात्र होइन जनतामा पनि उत्साह थपेकाे बिसीले बताए। 

सचिव रत्न खत्री काठमाडौंमा भएको राजनीति तनावकाे प्रभाव पर्ने भएपनि प्रतिकुलतामा एमालेका नेता कार्यकर्ता नाअत्तिएको बताउँछन्।

एमाले बाँकेका प्रचार बिभाग प्रमुख सतिश निरौलाका अनुसार मिसन ग्रासरुट अभियान अन्तरगत राजनिती प्रशिक्षण, संगठन सुदृढीकरण र पार्टी प्रवेशकाे कामलाई समेत तिब्रता दिएको छ।

प्रकाशित मिति: : 2023-02-27 09:31:00

प्रतिकृया दिनुहोस्