आईसीसी विश्वकप छनोट: पपुवा न्यूगिनीले नेपाललाई दियो २ सय ४ रनको लक्ष्य

आईसीसी विश्वकप लिग-२ ओडिआई सिरिजअन्तर्गत युएईमा जारी त्रिकोणात्मक  सिरिजमा पपुवा न्यूगिनीले नेपालाई २ सय ४ रनको लक्ष्य दिएको छ।

युएई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनायो। पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाए। कप्तान सद भाला ३६ रनमा आउट भए भने सेसे बाउ ३१ रनमा आउट भए।

त्यस्तै नर्मन भानुवाले २५ रन बनाएर आउट भए भने किप्लिन डोरिगाले २९ रन बनाएर आउट भए, र हिरि हिरि १० रन बनाएर आउट भए।

यता नेपालका लागि भने गुलशन झाले ३ तीन विकेट लिँदा करण केसी, सोमपाल कामी र आज राष्ट्रिय टोलीमा डेब्यू गरेका प्रतिश जिसिले एक विकेट लिए भने कुशल मल्लले २ विकेट लिन सफल भए।

प्रकाशित मिति: : 2023-02-27 15:47:00

प्रतिकृया दिनुहोस्