८ वर्षपछि नेपाल यु- १९ विश्वकपमा

युएईलाई हराउँदै नेपाली यु– १९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ। नेपालले युएईलाई ७ रनले हराउँदै विश्वकप यात्राको छनोट तय गरेको हो।

जितका लागि नेपालले युएईलाई १ सय ९२ रनको चुनौती दिएको थियो। नेपालको जितमा ४८ ओभरको अन्तिम तीन बलमा विकेट लिँदै दिपेश कडेँलले ह्याट्रिक गरे। भने, अर्यान्श शर्माले ३२ रन बनाए।

त्यस्तै नेपालका लागि उत्तम मगरले ३६ रन लिँदा कप्तान देव खनालले ५१ रनको अर्धशतक इनिङ खेले। यता, विशाल विक्रम केसीले ३८ रन लिँदा सुवास भण्डारी र हेमन्त धामीले दुई–दुई विकेट लिए। भने, नेपालका लागि  विशाल विक्रम केसीले ३८ रन बनाए। हेमन्त धामी १३ र मिलन बोहोराले १० रन बनाउन सफल भए।

यसअघिका खेलमा नेपाल र युएई दुवै टिमले मलेसिया, सिंगापुर, हङकङ र कुवेतलाई पराजित गरेका थिए।

प्रकाशित मिति: : 2023-03-02 18:16:00

प्रतिकृया दिनुहोस्