सम्भव छ, उपत्यकामा मेट्रो रेल

अन्नपूर्ण पोष्ट

सुनिता कार्की/अजवी पौड्याल

‘काठमाडौं उपत्यकामा मेट्रो रेल आवश्यक छ। पाँचवटा रुटमा कुदाउन सकिन्छ,’– २०६८ मा भएको सम्भाव्यता अध्ययनको निष्कर्ष थियो। तर, १२ वर्ष बित्दा पनि मेट्रो रेल कुदनु त परै जाओस्, संरचना निर्माणमा सिन्कोसम्म भाँचिएन।

राजनीतिक दलका घोषणापत्र, नेताहरूका भाषण र पूर्वाधार निर्माणसम्बन्धी गोष्ठी र सेमिनारमा भने मेट्रो रेलको आवश्यकतामाथि चर्का भाषण र कार्यपत्र प्रस्तुत हुने गरेका छन। उपत्यकाको बढ्दो जनघनत्व र सवारी चाप कम गर्न मेट्रो रेल निर्माणमा ढिलाइ गर्न नहुने विज्ञहरू बताउँछन्।

प्रकाशित मिति: : 2023-03-05 10:31:00

प्रतिकृया दिनुहोस्