कुशल भुर्तेलले युएईविरूद्धको खेल गुमाउने

नेपाली राष्ट्रिय टोलीका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले सोमबार हुने  युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको खेल गुमाउने भएका छन्।

ग्रोइङको समस्याका कारण भुर्तेलले खेल गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। युएइमा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले दुबईमा नेपाल, पिएनजी र युएईबीच एक दिवसीय त्रिकोणत्मक सिरिज भइरहेको छ। 

कुशलले खेले गुमाउनेभए पछि उनको स्थान मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोरा लिने भएका छन्। शृखंलाअन्तर्गत सोमबार नेपालले यूएईसँग शृखंलाको अन्तिम खेल खेल्नेछ।

प्रकाशित मिति: : 2023-03-05 10:35:00

प्रतिकृया दिनुहोस्