युएईमाथि नेपालकाे धमाकेदार जित

युएई आइसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजकाे अन्तिम खेलमा नेपालले युएईमाथि धमाकेदार जित निकालेकाे छ। दुबई इन्टरनेशनल स्टेडियमा साेमबार भएकाे खेलमा नेपालले युएईलाई ४२ रनले पराजित गरेकाे हाे।

नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा अल आउट हुँदै १ सय ८७ रनमा समेटियाे।

युएईका आर्यन लाक्रा र आसिफ खानले अर्धशतकीय इनिङ खेल पनि त्याे जितकाे लागि प्राप्त हुन सकेन्। ओपनर खानले ८२ रनको अर्धशतकीय इनिङ खेले। भने, लाक्राले ५० बनाएर आएट भए।

युएईका अन्य खेलाडी सुखद ब्याटिङ गर्न सकेनन्।

युएईलाई पराजित गर्न नेपालका दिपेन्द्रसिंह ऐरी र साेमपाल कामीले ३/३ विकेट लिए। त्यस्तै आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले पूरा ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएकाे थियाे।

नेपालकाे लागि भीम सार्कीले अर्धशतकीय इनिङ खेले। सार्कीले ९९ बलमा ७० रन बनाए।

त्यस्तै आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ र ज्ञानेन्द्र मल्ले १७ रन बनाएर आउट भए।

युएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए।

प्रकाशित मिति: : 2023-03-06 18:45:00

प्रतिकृया दिनुहोस्