सागर लम्साल ‘बले’ का बुवा गायक राजेन्द्रको स्पेनमा निधन, शव नेपाल ल्याउने तयारी

कलाकार सागर लम्साल ‘बले’ लाई पितृशोक परेको छ। उनका पिता वरिष्ठ लोक गायक राजेन्द्र लम्सालको निधन भएको छ।

गायक लम्सालको सोमबार राति निधन भएको हाे। उनी १२ वर्षदेखि स्पेन बस्दै आएका थिए। उनकाे शव नेपाल ल्याउने तयारी गरिएको छ।

लामाे समयदेखि उनकाे स्वास्थ्यमा समस्या थियाे। ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’ लगायत दर्जनौँ हिट गीत उनले दिएका छन्।

जापान टोकियो उनको सर्वाधिक चर्चामा रहेको गीत हो। लम्साललाई सामाजिक सञ्जालमार्फत कलाकर्मीले श्रद्धान्जली अर्पण गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-03-07 12:29:00

प्रतिकृया दिनुहोस्