अभिनेत्री सुरक्षा पन्तले अभिनेता मानव सुवेदीसंग इन्गेजमेन्ट गरेकी छन्।
अभिनेत्री पन्तले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत इन्गेजमेन्ट गरेकाे तस्बिर सार्वजनिक गरेकी हुन्।
‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ। हामी धेरै खुसी छौं। आशिर्वाद दिनुहोला’, उनले फेसबुकमा इन्गेजमेन्टको तस्बिर राख्दै लेखेकी छन्।
६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूकाे विवाह भाेलि चितवनको सौराहामा हुँदैछ।