विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म 'हल्कारा' को टिजर सार्वजनिक भएको छ।
आउँदो वैशाक २९ देखि रिलीज हुने उक्त फिल्मको कथा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावमा आधारित छ।
फिल्मलाई महेश त्रिपाठी, विनिता थापा मगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की आदि कलाकार हरुको अभिनय रहेको यो सिनेमा निर्देशक सापकोटा सहित विप्लप प्रतीक र आकाश बरालले सयुंक रुपमा लेखेका हुन्।
चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सनले सयुंक्त रुपमा निर्माण गरेका हुन्।
अमेरिकाका विभिन्न फ्लिम फेस्टिभलमा पुरस्कृत भएको उक्त फिल्मका सम्पादक पनि स्वयम निर्देशक सापकोटाले नै गरेका हुन्।