तालसँगै सुके किसानका सपना

राजधानी दैनिक

सुशील गैरे

 कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४ शंकरपुरका रामनिवास थारूलाई स्थानीय, प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन । कृषिमा समर्पित उनलाई सरकारसँग केवल एउटै अपेक्षा छ त्यो हो, पानी । पानी अर्थात् सिँचाइका लागि खेतसम्म पुग्नेगरी भरपर्दो पानीको व्यवस्था ।

‘अहिले गहुँमा लगाउन पानी चाहिएको छ, छिमेकीसँग भएको पम्पङ सेट चलाउँ त गहुँ बेचेर पेट्रोलको पैसा तिर्न नपुग्ला भन्ने पिर, नजिकै भएको शंकरपुर ताल बाँध फुटेर सुकेको छ । गरौं पानी छैन नगरौं के खाने रु’ उनले गुनासो गरे । गहुँमा पोटिलो दाना लागेको छ । कम्तीमा तीनपटक सिँचाइ गर्नसके राम्रो उत्पादन हुने उनले बताए । ‘अहिलेसम्म एकपटक मात्र पानी लगाएको छु, कारण शंकरपुर तालमा पानी छैन,’ रामनिवासले भने । शंकरपुर तालको पानी यस क्षेत्रका किसानलाई सिँचाइका लागि उपयुक्त माध्यम हो ।

प्रकाशित मिति: : 2023-03-11 13:00:00

प्रतिकृया दिनुहोस्