सत्तालिप्सामा केन्द्रित अस्थिरता

अन्नपूर्ण पोष्ट

आरसी अधिकारी
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सत्तालिप्सा र राजनीतिक खिचातानीकै कारण राजनीतिक अस्थिरताले प्रश्रय पाएको छ।

दुई विशाल छिमेकीबीचको महत्त्वपूर्ण सामरिक भू—राजनीतिक अवस्थितिमा रहनु हाम्रो मुलुकका लागि चुनौती र अवसर दुवै छ।भू–राजनीतिक अवस्थाले गर्दा अन्तर्राष्ट्रिय सुरक्षा र राष्ट्रको स्थिरतामा निकै ठूलो असर गरेको छ ।

विगतमा राणाहरू सत्ता टिकाउन बेलायती शासकको चाकरी गर्थे।अहिले सत्ता टिकाउन नेताहरू छिमेकी देशसँग शरणमा पुग्नुपर्ने स्थिति छ।विशेषगरी विदेशी मुलुकहरूले नेपाली राष्ट्रिय राजनीतिमा मात्र होइन, आन्तरिक र बाह्य दुवै राजनीतिलाई रसातलमा नै पु¥याइदिएको छ।इतिहासको कालखण्डदेखि नै नेपालका राणाहरू, राजा, क्रान्तिकारी शक्ति, दलका नेता र नेतृत्वकर्ता सत्ता र शक्तिका लागि सदैव परनिर्भर रहेको देखिन्छ।राणा, राजा, राजनीतिक दल र अहिलेको नेतृत्वकर्ता कुनै न कुनै रूपमा विदेशीको शरणमा पुग्ने गरेको आरोप लाग्दै आएको छ।

प्रकाशित मिति: : 2023-03-12 06:07:00

प्रतिकृया दिनुहोस्