राजनीतिक विकृति रोक्न सदाचारी प्रशासन

राजधानी दैनिक

सागर पण्डित
फाइल तस्बिर
फाइल तस्बिर

हाम्रो राजनीतिक नेतृत्व अत्यधिक भ्रष्ट हुँदा मुलुकको विकास, समृद्धि र सुशासनको मार्ग अवरुद्ध हुँदै आएको यथार्थ सबैका सामु प्रस्टै छ । विशेषगरी लोकतान्त्रिक शासन व्यवस्था र गणतन्त्र स्थापना भएपछिका दिनहरूमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्नकै लागि वर्षौंसम्म लडेका राजनीतिक दल र तिनका नेताहरूमा हुर्किरहेको भ्रष्ट चरित्र र संस्कारका कारण शासकीय व्यवस्थाप्रति छोटो समयमै चरम निराशा देखिन पुगेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भइसकेपछि पनि मुलुकमा दुईपटक आमनिर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन भएर आएका संघीय लोकतान्त्रिक गणतन्त्रका अधिकांश प्रतिनिधि जनतालाई संघीयताको अनुभूति हुनेगरी विकास, सुशासन र समृद्धि दिन करिबकरिब असफलजस्तै देखिएका छन् । यो सबै राजनीतिक दल र तिनका नेताहरूमा देखिएको भ्रष्ट प्रवृत्तिको उपज हो । अहिले चौतर्फी बेथिति छ । शासकहरूलाई जनहितको कुनै वास्ता छैन । कसरी हुन्छ अकुत सम्पत्ति आर्जन गर्ने र सात पुस्ताका लागि जोहो गर्ने भन्ने ध्याउन्नमा उनीहरू देखिन्छन् ।

प्रकाशित मिति: : 2023-03-12 06:29:00

प्रतिकृया दिनुहोस्