नेपालाई छैटौँ सफलता, सन्दीपले लिए तेस्रो विकेट

आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले छैटौँ विकेट लिएको छ।

नेपालका लागि सन्दीप लामिछानेले छेटौँ सफलता दिलाएका छन्। उनले  पीएनजीका चाल्स अमिनीलाई १६ रनमा आउट गराएका हुन् ।

नेपालका लागि यसअघि सोमपाल कामीले एक तथा ललित राजवंशीले दुई विकेट लिएका थिए। 

प्रकाशित मिति: : 2023-03-13 11:09:00

प्रतिकृया दिनुहोस्