भारतमा अपराध गरी लुक्न नेपालमा : नक्कली बुवाआमा खडा गरी नागरिकता, करोडौंको अवैध कारोबार

लोकान्तर

अजय अनुरागी
Symbolic photo
Symbolic photo

नामुद अपहरणकारीको रूपमा कुख्यात भारतीय अपराधी  सुनिलकुमार सिंहले नेपालमा पनि अपराध गरेरै करोडौं रुपैयाँको गैरकानूनी सम्पत्ति आर्जन गरेका छन् । नेपालमै नक्कली कागजात तथा झुटो विवरणका आधारमा  नागरिकता, राहदानी समेत लिएर नेपाली नागरिकसँगै बिहे गरेका सिंहले नेपालमै पनि विभिन्न अपराध गरेर करोडौं रुपैयाँको गैरकानूनी सम्पत्ति आर्जन गरेको फेला परेको हो ।

 

सिंह भारतको उत्तरप्रदेशस्थित देवरिया जिल्ला भटनी थाना रामपुर गाउँका स्थायी बासिन्दा हुन् । उनी भारतमा नाम चलेका कुख्यात अपहरणकारी समूह भारत बिहार सर्साका पप्पुदेव यादव समूहमा आबद्ध भएर अपहरण गरी फिरौतीको धन्दा गर्थे । २०६० सालमा विराटनगरमा भएको तुलसीराम अग्रवालको अपहरणका मुख्य योजनाकार पप्पुदेव नै थिए ।

प्रकाशित मिति: : 2023-03-15 06:09:00

प्रतिकृया दिनुहोस्