सन्दीप लामिछानेलाई इतिहास रच्ने माैका

आइसीसी विश्वकप क्रिकेट लिग– २ काे त्रिकोणत्मक सिरिजको अन्तिम खेलअन्तर्गत नेपाल र युएई आम्नेसाम्ने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आजको खेलमा युएईले टस जितेर पहिलाे ब्याटिङ राेजेकाे छ।

अब नेपालले पहिले बलिङ गर्दैछ। आज नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई इतिहास रच्ने माैका रहेकाे छ। सन्दीपले युएईविरुद्ध २ विकेट लिए उनी एकदिवसीय विश्वकपमा सबैभन्दा छिटाे १०० विकेट पूरा गर्ने बलर बन्ने छन्।

उनले ४० खेलबाट ९८ विकेट लिएका छन्। अब उनले दुई विकेट लिए ओडीआइमा सबैभन्दा छिटो सय विकेट लिने अफगानिस्तान राशिद खानको विश्व कीर्तिमान तोड्नेछन् ।

राशिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए भने, सन्दीपले मात्रै ४१ खेलबाटै त्याे लक्ष्य चुम्नेछन् ।

पछिल्ला ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार विकेट लिइरहेका सन्दीपले अन्तिम १० खेलमा मात्र २९ विकेट लिइसकेका छन्। उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तीमा ४ विकेट र ३ पटक कम्तीमा ५ विकेट लिएका छन्।

२२ खेलबाट ५० विकेट पूरा गरेका सन्दीपले थप १८ खेलबाट ४८ विकेट लिइसकेका छन्। यदि युएईविरूद्ध कुनै विकेट नलिए बाँकी ३ खेलमा उनले २ विकेट लिए पनि उक्त कीर्तिमान आफ्नो नाममा लेखाउने छन्।

प्रकाशित मिति: : 2023-03-16 09:00:00

प्रतिकृया दिनुहोस्