१२ दिन हिँडेर काठमाडौँ आएका मिटरव्याज पीडितहरुलाई महानगरले खुल्लामञ्च छिर्न दिएन

नगर प्रहरीले बर्साए लाठी

महोत्तरीको बर्दिवासबाट हिँडेर काठमाडौँ आएका मिटरव्याज पीडितहरुलाई काठमाडौँ महानगरपालिकाले खुल्लामञ्च छिर्न रोकेको छ। न्याय खोजीमा महोत्तरीबाट १२ दिन लगाएर सोमबार काठमाडौँ आएर खुल्ला मञ्चमा बस्न खोज्दा उनीहरुलाई महानगरले रोकेको हो।

काठमाडौँ महानगरले यसअघि नै उनीहरुलाई खुल्लामञ्चमा आउन नदिने भन्दै ताल्चा लगाएको थियो। यद्धपि, उनीहरु त्यहाँ जर्वजस्त पस्न खोजेपछि अहिले महानगर प्रहरी बल र उनीहरुबीच ठेलमठेलको अवस्था सिर्जना भएको छ।

महानरले खुल्लामञ्च प्रवेश गर्न खोजे पनि ठुलो संख्यामा आएका मिटरव्याज पीडितहरुले आफूहरु त्यहाँ बस्न पाउनुपर्ने भन्दै नाराबाजी गर्नुका साथै जबर्जस्ती प्रवेश गर्न खोजेपछि तनावपूर्ण अवस्था सिजर्ना भएको छ। अवस्था भयवह हुन सक्ने अनुमान अहिले महानगरले ठुलो संख्यामा नगर प्रहरी परिचालन गरेको छ।

१२ दिन हिँडर काठमाडौँ आएका उनीहरुले भोलि न्यायको लागि विरोध प्रदर्शन गदैछन्।

प्रकाशित मिति: : 2023-03-27 17:20:00

प्रतिकृया दिनुहोस्