केजरीवालका सांसदसँग विवाह गर्दै परिनीति ?

आम आदमी पार्टीका सांसद राघव चड्डा र बलिउड अभिनेत्री परिनीति चोपडा गत–साता मुम्बईमा एकसाथ डिनरमा देखिएका थिए। त्यसपछि दुईजनाको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजीहरू गरिँदै आएको छ।

दुईजनाले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् तर राज्यसभा सांसद सञ्जीव अरोडाले एक कदम अगाडि बढेर राघव र परिनीतिलाई बधाई दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म हृदयदेखि राघव र परिनीतिलाई बधाई दिन चाहन्छु। उनीहरूको मिलन माया र खुसीले भरियोस्। मेरो शुभकामना।’

अरोडाको लेखाइलाई धेरैले बधाई दिन शुरु गरेका छन् तर अहिलेसम्म दुईजनाले भविष्यको बारेमा फैसला लिन लागेका हुन् कि लिइसके भन्ने पुष्टि हुन सकेको छैन।

हालै राघवसँग भारतीय समाचार एजेन्सी एएनआईले परिनीतिसगँको विवाहबारे प्रश्न सोधेको थियो। जवाफमा राघवले  भनेका थिए, ‘मलाई राजनीतिबारे प्रश्न गर्नुहोला, परिनीतिबारे होइन। यदि विवाहको फैसला भयो भने म आफै जानकारी दिनेछु।’

मिडियाका अनुसार दुईजनाको परिवार निकै नजिक छन् र उनीहरू यो जोडीमा खुसी छन्।

प्रकाशित मिति: : 2023-03-30 11:16:00

प्रतिकृया दिनुहोस्