पी.एचडी. गरेका पनि जुम्ला रारा अल्ट्राम्याराथनमा सहभागी हुन आउँदैछन्: सरोज शाही

BreaknLinks
BreaknLinks

जुम्लाका सराेज शाही कर्णाली स्पाेर्टस् क्लबका संस्थापक अध्यक्ष हुन। कर्णाली प्रदेश खेलकुद समितिका सदस्यसमेत रहेका उनले पर्यटन विषयमा स्नातकोत्तर गरेका छन्। त्यसका अलवा उनी फाेटाेग्राफीसमेत गर्छन्।

कर्णालीकाे गर्भमा रहेका अमूल्य रत्नहरुकाे प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सकिने उनकाे राय छ। कर्णाली स्पाेर्टस् क्लब स्थापनापछि हाई अल्टिच्युटमा खेल क्षेत्रकाे उच्च सम्भावना रहेकाे र त्यसमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने उद्देश्यका साथ उनी निरन्तर लागिपरेका छन्।

कर्णाली स्पाेर्टस् क्लबले गर्ने विभिन्न गतिविधिमध्ये विश्वचर्चित प्रतियोगिता हाे, जुम्ला रारा अल्ट्रा म्याराथन। यसअघि तीन वटा संस्करण सकिसकेकाे क्लबले चाैंथाे संस्करणको प्रतियोगिता वैशाख ११ गते गर्दैछ। यसै सन्दर्भमा बिएल नेपाली सेवाका लागि महेश नेपालीले उनीसँग गरेकाे कुराकानी यहाँ प्रस्तुत छ:


हरेक वर्ष जुम्ला रारा अल्ट्रा म्याराथन गर्नुकाे उद्देश्य के हाे ?

वैशाख ११ गते चाैंथाे जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुँदैछ। हामी त्यसैकाे तयारीमा जुटेका छाैं। यसअघि तीन वटा प्रतियोगिता सम्पन्न भइसकेका छन्। हामीले यसलाई निरन्तर गरिरहने याेजना बनाएका छाैं। त्यही अनुरुप लागेका छाैं।

कारण, कर्णाली खेल क्षेत्रकाे लागि उच्च सम्भावना भएकाे ठाउँ हाे। यहाँकाे हावापानी, भूगोल लाेभलाग्दाे छ। संसारका धेरै नागरिकहरुले यहाँकाे भू-बनाेटकाे प्रशंसा गरेकाे पाइन्छ। यहाँकाे भाैगाेलिक विविधता अझै पनि अध्ययनकाे विषय हाे। यस हिसाबले याे पर्यटनकाे उच्च सम्भावना भएकाे क्षेत्र हाे।

खेल क्षेत्रलाई पर्यटनसँग जाेड्याे भने प्रचारप्रसारमा थप टेवा पुग्छ। युराेप, अमेरिकाबाट जुम्ला रारा अल्ट्रा म्याराथनमा सहभागी हुँदा ती क्षेत्रमा हाम्राे भूगोलकाे चर्चा हुने गरेकाे छ। हाम्राे व्यवहार र हामीले संचालन गरिरहेका गतिविधिकाे समेत प्रचारप्रसार भइरहेकाे छ। यसले पनि हामीले जुम्ला रारा अल्ट्रा म्याराथन निरन्तर गरिरहन खाजेका हाैं।

हामीसँग रारा, से-फाेक्सेण्डाेजस्ता रमणीय स्थलहरु छन्। यी भविष्यमा हामीलाई ठुलाे मात्रामा आम्दानी दिन सक्ने अमूल्य सम्पदा हुन। यसकाे प्रचारप्रसार विश्वभर हुन सकाेस् भन्ने हाम्राे ध्येय हाे। त्यसका लागि हामीले म्याराथनलाई माध्यम बनाएका हाैं।

पछिल्लो समय जुम्लाबाट उत्पादन भएका खेलाडी, कर्णाली स्पाेर्टस् क्लब जुम्लामा ट्रेनिङ गरेका खेलाडीहरुले संसारभर आफ्नाे प्रभाव छाेड्न सकेका छन्। हरि राेकाया तमाम अभावका बीचबाट गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभयाे। उहाँले तयार पारेका खेलाडीहरु संसारभर तहल्का पिटीरहका छन्। यसमा उहाँकाे याेगदान त छ नै। सबैभन्दा महत्त्वपूर्ण पक्ष यहाँकाे भूगोल र हावापानी हाे। यसकारण अथाह सम्भावना भएकाे खेल क्षेत्रलाई पर्यटनसँग जाेड्दा हाम्राे क्षेत्रले आज नभए भाेलि लाभ लिनेछ। यसका निम्ति पनि म्याराथनकाे निरन्तरता दिइरहेका छाैं। दिइरहने छाैं।

आम नागरिकले म्याराथन हाम्राे पनि हाे भनेर अपनत्व लिन किन जरुरी छ ?

आज जुम्ला रारा अल्ट्रा म्याराथन भएकै कारण विश्वका धेरै देशका मान्छेले जुम्ला र राराकाे विषयमा चासाे लिन थालेका छन्। हाम्राे प्रस्तुति उनीहरुलाई लाेभलाग्ने खालकाे भइरहेकाे छ। भाेलि पर्यटक भित्रिएमा हाम्रा मान्छेले काम पाउने हुन। हाम्राे आर्थिक विकास हुने हाे। यसले हाम्राे जीवनस्तर सुध्रिन्छ। यसकाे आधार तयार पार्न हामी लागेका हाैं। अब आफैं भन्नुस् याे हाम्राे कार्यक्रम हाे कि हाेइन ?


विकृतिका चाङमाथि किशोरीका मुक्का


केही नभए वैशाख ११ गते हाम्राे जिल्लामा एक खालकाे मेला नै लाग्छ। कम्तिमा पनि हाम्राे काराेबारकाे दायरा बड्छ। देशभरका मान्छेहरु हाम्राे जिल्लामा आउँछन्। हाम्रा हाेटेलहरुमा बास बस्छन्। हाम्राे खाना र हाम्राे व्यवहारकाे प्रवर्द्धन गर्ने काम ग्राहक बनेका खेलाडीले नै गर्ने छन्। यसले हामी सबैलाई लाभ हुने हाे। त्यसकारण आम जुम्लाबासीले जुम्ला रारा अल्ट्रा म्याराथनलाई अपनत्व लिनुपर्छ।

यसकाे प्रभाव कस्ताे छ ?

दुई दिन अगाडि मात्रै हामीले हाम्राे क्लबकाे फेसबुक पेजमा एउटा लिंक शेयर गरेका छाैं। त्याे एसिया ट्रेल मास्टर डट कमकाे लिंक हाे। उसले हाम्राे रेसकाे विषयमा डिटेल राखिदिएकाे छ। प्रतियोगिताकाे लागि प्रतिनिधिसमेत उसैले पठाउँदैछ। याे हाम्राे ठुलो उपलब्धी हाे। याे भनेकाे जुम्ला रारा अल्ट्रा म्याराथनकाे प्रभाव हाे।

यसमार्फत् म्याराथनकाे विश्वव्यापी रुपमा प्रचारप्रसार हुँदैछ। यसपछि हामीलाई धेरैले सम्पर्क गर्नुभएकाे छ। विभिन्न संचार माध्यममा हाम्राे गतिविधिका विषयमा समाचार बनेका छन्। जसले हाम्राे रेसमा सहभागी हुनेकाे संख्या बढाउन मद्दत मिलिरहेकाे छ।

म्याराथनपछि बाहिर जिल्ला र बाहिर देशबाट समेत जुम्लामा प्रशिक्षण लिन खेलाडीहरु आइरहेका छन्। याे पनि हाम्राे प्रभाव हाे। आज केही साहसिक पर्यटन गर्न चाहनेहरु हाम्राे प्रतियोगितामा सामेल हुन आउँदै हुनुहुन्छ। पिएचडी गरिरहेका मान्छेले समेत याे पालिकाे प्रतियोगितामा भाग लिन नाम दर्ता गराइसक्नुभएकाे छ।

अल्ट्रा म्याराथन गर्न चाहने खेलाडीहरु यहाँ आउन चाहन्छन्। कारण, संसारभरका धेरैजसाे अल्ट्रा म्याराथन प्रतियोगितामा माथिबाट ओरालाे दाैडिने गरी रुट तयार पारिएको हुन्छ। तर, हाम्राे भने तलमाथि सबै हुन्छ। २३ सय मिटरकाे उचाइबाट सुरु भएकाे यात्रा ३७ सय मिटरमाथि पुगेपछि ओरालाे झर्छ। फेरि २३ सयबाट उकालाे लाग्याे भने ४१ सय मिटरकाे उचाइसम्म दाैडिनुपर्छ।

याे प्रतियोगिकाे रुटमा गाउँ देखिन्छन्। विभिन्न उचाइका जंगल देखिन्छन्। सल्ला, धुपी, देवद्यार, भाेजपत्रदेखि औषधीय गुण भएकाे लाैंठ सल्ला पनि देखिन्छन्। जडीबुटीकाे गन्ती छैन। घाँसे मैदानदेखि बुकिका पाटन, भिर पाखा सबै देखिन्छन्। प्रतियोगितामा सामेल हुनेदेखि प्रतियोगिताकाे आनन्द लिनेसम्म सबैमा यी कारणहरुले प्रभाव परेकाे छ।

जुम्ला रारा अल्ट्रा म्याराथनमा सहभागी खेलाडीहरुले कहाँ-कहाँ स्पेस पाएका छन् ?

अल्ट्रा म्याराथन आफैंमा साहसिक गतिविधि हाे। यसमा रुचि हुनेका लागि जुम्ला उपयुक्त ठाउँ हाे। दुर्गा बुढा हाम्रा अधिकांश प्रतियोगितामा प्रथम भएका छन्। उनी भारतमा उत्तिकै लाेकप्रिय छन्। विश्वमा उनकाे एक खालकाे छाप छ। नवाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीलाई पहिलाे स्वर्ण दिलाउने उनै हुन। आज सुनमाया बुढा विश्वव्यापी रुपमा ख्याती कमाउन सफल भएकी छन्। राममाया बुढा, मञ्जु रावतलगायत खेलाडीहरुले राम्राे स्पेस पाएका छन्। जुम्लाका मात्रै नभई बाहिरका खेलाडीहरु समेतले स्पेस पाएका छन्। रसिला तामाङ विदेशमा खेलिरहेकी छन्। स्पेस बनिरहेको छ। बन्नेवाला छ।

यस पालिकाे अल्ट्रा रारा म्याराथनलाई व्यवस्थापन कसरी गरिरहनु भएकाे छ ?

प्रतियोगितामा सामेल हुनेकाे संख्या उल्लेख्य हुने सम्भावना छ। ती सबै खेलाडीलाई व्यवस्थापन गर्ने जिम्मा हाम्राे हाे। त्यसका लागि हामीले स्वयंसेवक उल्लेख्य मात्रामा परिचालन गर्ने तयारी गरेका छाैं। स्वयंसेवक भनेका हाम्रा प्रशिक्षार्थी खेलाडी हुन।

ठाउँ-ठाउँमा वडावासीहरुकाे समिति गठन गरेका छाैं। ती यस्ताे बेला एकदम एक्टिभ हुन्छ। डाक्टर र स्वास्थ्यकर्मीहरुकाे सहयोग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरिदिने गरेकाे छ। अन्य स्वयंसेवकहरुमा नेपाली सेनाले हामीलाई ठुलाे सहयोग गरिदिएर गुन लगाइरहेकाे छ। प्रहरी, सशस्त्र प्रहीले स्वयंसेवा गरेर सहयोग गरिरहेकाे छ।


गुठीचाैरमा साइकल महफिल


रुटकाे पहिलेदेखि नै मार्किङ भइसकेकाे छ। रुट उही हाे। फेरि मार्किङ गर्नेछौं। प्रतियोगिता हुने दिन फलफूल, जुस, पानी, खानेकुरा पाँच-पाँच किलोमिटरकाे फरकमा राख्ने गरेका छाैं। अरु विस्तारै हुँदैछ।

ठुलाे राशीकाे पुरस्कारकाे घाेषणा गरिएकाे छ। आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?

हाम्राे प्रतियोगिताकाे महत्त्व बुझेकाले गर्ने केही सहयोगबाट आर्थिक जाेहाे हुने हाे। सुरुकाे प्रक्रियाबाट अन्तिमसम्म रुपियाँ नभएर केही हुँदैन। जुन सबैभन्दा महत्त्वपूर्ण छ, साेही कुराकाे सबैभन्दा बढी अभाव भइरहेको छ।

हामीलाई सहयोग गर्ने ठुला दाताहरु प्रायाेजक बनिदिन तयार छैनन्। केही स्थानीय तह, प्रदेश सरकार र संघ सबैसँग अनुराेध गरेका छाैँ। धेरैले वचन दिनुभएकाे छ। आशा छ उहाँहरुकाे सहयोग पाउनेछाैं।

म्याराथनमा प्रथम हुनेलाई एक लाख रूपैयाँ, प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई ७५ हजार नगद, प्रमाणपत्र र मेडल, तृतीय हुनेलाई ५० हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। पुरुष र महिला दुबै विधामा प्रतियोगिता हुनेछ। चौंथो र पाँचौं हुनेलाई २०/२० हजार, नगद प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। अरु पाँच किलोमिटरका पनि धेरै प्रतियोगिता हुने छन्।

व्यवस्थापनदेखि पुरस्कार सबैका लागि आर्थिक नभई हुँदैन। हाम्राे आम्दानीकाे स्राेत भनेकाे विदेशी खेलाडीका लागि ताेकिएकाे ७ हजार रुपियाँ र नेपालीका लागि ३ हजार शुल्क मात्रै हाे। त्यसबाहेक सबै मागेर नै गर्ने हाे। जुम्ला रारा अल्ट्रा म्याराथनकाे महत्त्व बुझेर धेरैले सहयोग गर्ने अपेक्षा गरेका छाैं। हाम्राे आर्थिक व्यवस्थापन गर्ने तरिका यही हाे।

खेलाडीकाे सहभागिता कहाँबाट कसरी गर्ने याेजना छ ?

धेरैजसाे खेलाडी गाडीबाट आउने कुरा छ। हामीले त्यसरी नै संवाद गरेका छाैं। तर, दु:खकाे कुरा हाम्राे राजमार्ग गतिलाे छैन।

हाम्राे अनुमान कम्तिमा दुई हजार खेलाडी सहभागी हुन्छन् भन्ने छ। जुम्लाबाट धेरैकाे सहभागिता हुनेछ। स्कुलका साना भाइ-बहिनीलाई पनि छाेटाे दूरीकाे प्रतियोगितामा सहभागी गराउने साेचेका छाैं। ठुलो सहासिक खेलकाे तयारी गरिरहेका मान्छे पनि यहाँ आउन खाेजिरहेका छन्।

प्रकाशित मिति: : 2023-04-05 21:05:00

प्रतिकृया दिनुहोस्