कोशी प्रदेश मन्त्रीपरिषद् बैठक: सरकारलाई सहयोग गर्न तीन समिति गठन

कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले सरकारलाई सहयोग गर्ने तीन वटा समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक तथा प्रशासन समिति, कानून न्याय तथा प्रदेश मामिला समिति र आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको हो।

राजनीतिक तथा प्रशासन समितिको संयोजकमा खानेपानीमन्त्री तिलकुमार मेन्याङ्बो रहेका छन् सदस्यहरुमा पूर्वाधार विकास मन्त्री दुर्गा चापागाईं, कृषि मन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू रहेका छन्।

यस्तै कानून न्याय तथा प्रदेश मामिला समितिको संयोजकमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी रहेका छन्। उक्त समितिको सदस्यहरुमा पर्यटनमन्त्री जीवन आचार्य, स्वास्थ्यमन्त्री निर्मला लिम्बू र कृषिमन्त्री भक्ति सिटौला सदस्य छन्।

भौतिक पूर्वाधार विकासमन्त्री दुर्गा प्रसाद चापागाईंको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन भएको छ। यसको सदस्यहरुमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू छन्।

यस्तै बैठकले संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धीत आयोजनाका लागि ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ माग गरेको सरकारका प्रवक्ता एवं कृषिमन्त्री सिटौलाले जानकारी दिए।

प्रकाशित मिति: : 2023-04-05 21:43:00

प्रतिकृया दिनुहोस्