बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

File photo
File photo

बैतडीको पाटनमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका—८ झाउलेक भन्ने स्थानमा दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।

जिपको पछाडि बसेका कतिपय व्यक्तिहरू हामफालेर ज्यान जोगाएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2023-04-12 06:35:00

प्रतिकृया दिनुहोस्