प्रकाश सपुतको ‘सकम्बरी’ युट्युब ट्रेन्डिङकाे पहिलाे नम्बरमा

लोकदोहारी गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ युट्युब ट्रेन्डिङकाे पहिलाे नम्बरमा पुगेको छ।

बिहीबार साँझ सार्वजनिक भएको सो गीत एकदिनमै ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको हो। यो समाचार तयार पर्दासम्म गीतको भ्युज १५ लाख १ हजार ४ सय ६१ पुगेको छ।

कार्य क्षेत्रमा युवतीहरुले भोग्नु परेको यौन शोषणको कथामा आधारित रहेर बनाइएकाे यो गीतकाे भिडियाेलाई युट्युब तथा सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया मिलेको छ।

प्रकाश सपुत र बर्ता गन्धर्बको स्वरमा रहेको गीतको शब्द/संगीत प्रकाश आफैंले गरेका छन्। गीतको भिडियोमा सुनिल थापा कुसुम शर्मालगायतको अभिनय रहेको छ।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-15 07:24:00

प्रतिकृया दिनुहोस्