‘सकम्बरी’ गीतकी अभिनेत्री कुसुम शर्माले भिडियोका सिन (दृश्य)हरू देखेर आफ्नो दाइले चित्त दुखाएको प्रतिक्रिया दिएकी छिन्। गीत सुपरहिट भएपछि चर्चामा आएकी शर्माले एक अन्तर्वार्ताको क्रममा गीतका सिनहरू देखेर दाइ बोल्नै छाडेको बताइन्।
उनले आफ्नो दाइ सुरूमा पोस्टर देखेर खुसी भए पनि पछि गीतका केही सिनहरू देखेर चित्त दुखाएको र बोल्नै छाडेको बनाइन्। ‘दादा त अहिलेसम्म पनि रिसाइरहनु भएको छ, अलिकति ओप्पन दियो भनेर,’ उनले भनिन्, ‘दादाले चुरोटवाला सिनमा चाहिँ अलिकति नराम्रो मन्नुभयो, पहिला त एकदम खुसी हुनुहुन्थ्यो पोस्टर हेरेर तर चुरोटवाला सिन हेरेर खिन्न हुनुभयो।’
उनले अन्तर्वार्ताकै क्रममा आफ्नो दाइलाई सो कुरालाई लिएर नरिसाउन आग्रह गर्दै आगामी दिनमा यस्ता कामहरू नगर्ने बताइन्।
यद्यपि, उनले गीतको चर्चा र आफ्नो मिहेनत देखेर आमा–बुबा भने खुसी भएको बताइन्।
‘सुतेको छ, बेड सिनहरू आइमिन होइन, अनि चुरोट खाएको छ, यस्तो लाइक बडी ओप्पन भएको लुगाहरू लगाएको छ, त्यस्तो देख्दा त नराम्रो भन्नुभयो, झस्किइन्छ नि त आमाको मन हो। अनि, पछि चाहिँ बाबा एकदम अन्डरस्ट्डडिङ हुनुहुन्थ्यो, ‘क्यारेक्टर प्ले गरेको हो छोरीले यसमा नराम्रो मान्नु पर्ने चाहिँ केही छैन’ भनेपछि एकदम एयप्रिसेट गर्नुभयो,’ उनले भनिन्।
नर्सिङको पढाइ सकेर विदेश जाने सोचमा रहेकी कुसुमले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेकी हुन्। प्रकाश सुपुतको गीतबाट म्युजिक भिडियोमा डेब्यु गरेकी उनले अहिले राम्रो चर्चा कमाएकी छिन्।