कर्णालीमा सडक छैनन्, मृत्यु रेखा मात्रै छन् !

अनलाइनखबर

यज्ञ खत्री

‘झल्को लाली ओठको, बाटो खुल्यो मोटर चल्यो, जुम्ला कालीकोटको’ लोक गायक मिलन लामाको यो गीत २०६२/६३ तिर कर्णालीका गाउँहरूमा खुब गुञ्जिन्थ्यो । पहिलो पटक गाडी पुग्दा बजारमा आएको यो गीत कर्णालीवासीको जिब्रोमै झुण्डिएको थियो । त्यसबेला यो मात्रै गीत संगीत थिएन, अर्को ढंगले भनिएको कर्णालीवासीको इतिहास, जीवन कथा र भोगाइ थियो ।

२०६३ सालपछि शान्ति प्रक्रिया सुरु भएसँगै कर्णाली राजमार्गको ट्रयाक पनि खुल्यो । १० वर्षे सशस्त्र संघर्षको अन्त्य हुनु र घरआँगनमै गाडी आउनु त्यस क्षेत्रका बासिन्दाका लागि उधुम उपलब्धि थियो । विकट पहाडी भूगोलमा आफ्नो आँगनसम्मै त्यो आधुनिक यन्त्र जोडिएको वस्तु पुग्दा, मिलन लामाको गीतले भनेजस्तै ‘उनीहरूका खुट्टा भुइँमै थिएनन् ।’

प्रकाशित मिति: : 2023-04-21 10:36:00

प्रतिकृया दिनुहोस्