एसीसी प्रिमियर कप :ओमनमाथि नेपालको सानदार जित

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गतको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालले ओमानमाथि ८४ रनको सानदार जित निकालेको हो। नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो।

नेपालका लागि  कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। कुल १०८ रन बनाएका उनले ६९ बलमै शतक बनाएका हुन्, उनले आफनाे एक दिवसीय करियरकै पहिलो शतक प्रहार गरेका हुन्। त्यस्तै, नेपालका लागि साेमपाल कामीले अर्धशतक बनाए। उनले ४८ बल खेलेका उनले ९ चौका प्रहार गरेका थिए भने, भीम सार्कीले ३३ रन, आरिफ शेख र करण केसीले समान २९ रन जोडे।

त्यस्तै, नेपालका लागि सन्दीप लामिछान र करण केसीले समान एक एक विकेट लिएका थिए भने, दिपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशी एक विकेट लिए।

उता, ओमनका लागि मोहम्मद नदीमले ८४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए। सन्दीप गौड ५६ बलमा ३ चौका र २ छक्कासहित ४६ रनमा आउट भएका थिए भने, आयन खान २९ रन बनाएर आउट हुन पुगे। त्यस्तै, ओमनका जतिन्दर सिंह १५ रन बनाएर आउट भएका थिए।  फैयज बट १९ रन ,आदिल शफिक १३  तथाकलिमुल्लाह २ रनमा आउट हुन पुगे। 

४६.३ ओभरमा ९औँ विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन नसकेपछि नेपाल स्वत: विजयी बन्याे।

प्रकाशित मिति: : 2023-04-21 16:40:00

प्रतिकृया दिनुहोस्