करण चम्किरहेको बेला वर्षाका कारण खेल अवरुद्ध

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीच भइरहेको सेमिफाइनलको खेलमा पुन: वर्षाको कारणले गर्दा खेल अवरोध भएको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा सबै विकेट गुमाएर २८१ रन बनाएको थियो। नेपालले दिएकाे २८२ रनलाई पछाउँदै गरेको कुवेतले ८. ३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाएर खेलीरहेको थियो। तर, त्रिवि क्रिकेट मैदानमा पुन पानी परेका कारणले गर्दा खेल रोकिएको छ।

नेपालका लागि करण केसीले ५ विकेट लिए भने, सोमपाल कामीले १ विकेट लिएर नेपालाई सफलता दिलाएका हुन्।
 

प्रकाशित मिति: : 2023-04-29 15:59:00

प्रतिकृया दिनुहोस्