प्रसिद्ध क्यानडेली गायक गोर्डनको निधन

प्रसिद्ध क्यानडेली गायक, गीतकार र गितार बादक गोर्डन लाइट्फुटको निधन भएकाे छ।

उनकाे ८४ वर्षको उमेरमा सोमबार (१ मे) को दिन एक अस्पतालमा निधन भएको उनकी प्रवक्ता भिक्टोरिया लर्डलाई उदृत गर्दै सीएनएनले जनाएको छ।

पछिल्लो महिना क्यानडामा भएको 'कन्सर्ट' मा समेत सहभागी भएका गायक लाइट्फुटलाई स्वास्थ्यसम्बन्धी त्यस्तो कुनै गम्भीर समस्या नभएको प्रवक्ता लर्डले बताएकी छन्।

लोक पप सङ्गीतलाई लोकप्रियताको शिखरमा पुर्याउन ६० र ७० को दशकमा उनले गरेको योगदानलाई आजसम्म पनि स्मरण गरिन्छ। १७ नोभेम्बर १९३८ को दिन क्यानाडाको ओरेलियामा जन्मेका गायक लाइट्फुटका केही प्रसिद्ध गीतहरुमध्ये सनडाउन (१९७४), अर्ली मोर्निङ्ग रेन (१९६६), कटन जेनी (१९७१), द पोनी म्यान (१९७०) आदि हुन्।

अत्यन्तै प्रचलित सङ्गीत प्लेटफर्म पान्डोरा, स्पोटिफाइ र युट्युब म्युजिकमा धेरै बज्ने गीतहरुमध्ये उनका गीत तेस्रो नम्बरमा पर्छ।

प्रकाशित मिति: : 2023-05-02 15:35:00

प्रतिकृया दिनुहोस्