शरणार्थी प्रकरणबारे तथ्य-प्रमाणहरू खाेजिरहेकाे छु, ४ गते संसदमा बाेल्छु: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गते संसदमा बोल्ने बताएका छन्।

बिहीबारदेखि सुरू भएकाे केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शरणार्थी प्रकरणबारे ४ गते संसदमा तथ्यसहित बोल्ने बताएका हुन्।

उनले २००८ देखि भुटानी शरणार्थीको सेटलमेन्ट सुरु भएको र २०१२ भन्दा पछि विभिन्न गिरोह सक्रिय रहेको दाबीसमेत गरे। यसकाे तथ्य-प्रमाणहरू खाेजिरहेकाे र ४ गते संसदमा बाेल्ने बताएका हुन्।

‘२०१२ भन्दाअगाडि कसैले भुटानी शरणार्थीको नाउमा नक्कली मान्छे पठायाे कि पठाएन थाहा भएन तर  २०१२ भन्दा पछि विभिन्न गिरोह सक्रिय भएकाे पाइन्छ। मैले त्यसकाे बारेमा तथ्य प्रमाणहरू खाेजिरहेकाे छु’, उनले भने, ‘सम्भवत म ४ गते पार्लियामेन्टमा बोल्छु। ४ गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाउमा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो? कसले पठायो? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु।’

प्रकाशित मिति: : 2023-05-11 13:26:00

प्रतिकृया दिनुहोस्