यथार्थ घटना, यथार्थ पात्र

राजधानी दैनिक

काठमाडाैँ

साहित्यकार हरि खनालको ऐतिहासिक कथा संग्रह ‘पाइलाहरू’बजारमा आएको छ । विभिन्न व्यक्तिबाट विभिन्न कालखण्डमा घटित राष्ट्रिय महत्वका घटना र कामलाई पाइलाका रूपमा चित्रित गर्दै ‘पाइलाहरू’ नाम दिएको देखिन्छ । संग्रहमा विभिन्न समयका ऐतिहासिक घटनामा आधारित २६ कथा छन् ।

अधिकांश कथा संग्रहका विषयवस्तु सामाजिक भएता पनि पात्रहरू काल्पनिक हुन्छन् । तर यो संग्रहमा प्रस्तुत अधिकांश घटना र पात्र सत्यतामा आधारित छन् । यसमा प्रस्तुत प्रमुख पात्रहरूले तात्कालीन समय र परिवेशमा सकारात्मक वा नकारात्मक जे भए पनि कुनै न कुनै उल्लेखनीय काम गरेका छन् । तीमध्ये धेरैको योगदान समयको पर्दाभित्र हराउ“दै गएका थिए भने केहीको कामलाई कतैकतै धेरथोर उल्लेख भएको पाउछौं ।

प्रकाशित मिति: : 2023-05-13 11:48:00

प्रतिकृया दिनुहोस्