कवि देवव्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक भएको छ।
शनिबार काठमाडौंको सर्वनाम थियटरमा एक कार्यक्रमबीच कवितासंग्रह विमोचन गरिएको हो।
कवितामा समाजका विकृति र विसंगतिलाई विषय बनाएका कवि देवव्रतको यो पहिलो कवितासंग्रह हो। यस संग्रहमा ३८ कविता छन्।
विमोचन कार्यक्रमका प्रमुख अतिथि कवि तथा गीतकार श्रवण मुकारुङले देवव्रतका कविताले उनलाई नवकवि मात्र बन्न नदिएको धारणा राखेका थिए भने विमोचनमा दीपक सापकोटा र वन्दना ढकालले कविताको समीक्षा गरेका थिए।