भागेर हैरान पारेका टोपबहादुर रायमाझी अन्तत: काठमाडौँबाटै समातिए

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सांसद तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। प्रहरी उच्च स्रोतकाअनुसार रायमाझी आइतबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका हुन्।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ पुर्जी जारी भएको ११ दिनपछि पक्राउ गर्न सफल भएको हो। रायमाझी २० गते गृह जिल्ला अर्घाखाँचीमा कार्यक्रममा गएको समयमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। 

उनीसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ। यसअघि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायत पक्राउ परिसकेका छन्। पक्राउ परेका सांसद रायमाझीका छोरा सन्दीप पक्राउ पुर्जी जारी भएको दिन बैशाख २० गते नै पक्राउ परेका थिए। 

भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद आङटावा शेर्पासहित अझै तीन जना फरार रहेका छन्। 

प्रकाशित मिति: : 2023-05-14 21:00:00

प्रतिकृया दिनुहोस्