भारतबाट लुटेर लगिएकाे थियाे ब्रिटेनका राजाले लगाउने श्रीपेच

Photo: Agency
Photo: Agency

यो श्रीपेच ब्रिटेन (बेलायत)को राजाले लगाउने श्रीपेच हो। हालै शुभ राज्यभिषेक भएका राजा चार्ल्स तृतीयले पनि यही श्रीपेच लगाएका थिए। के तपाईंलाई थाहा छ ? यो श्रीपेचमा जडित बहुमूल्य कोहिनुर हिरा भारतको सम्पत्ति हो।

भारत ब्रिटेनको अधिनमा हुँदा तत्कालीन ब्रिटिश शासकले लुटेर लगेको यो हिरा जडित श्रीपेच सबैभन्दा पहिले रानी भिक्टोरिया (सन् १८१९- १९०१)ले सन १८४९ मा लगाएकी थिइन्। त्यसबेलादेखि नै ब्रिटेनका सबै राजा वा रानीहरुले यो श्रीपेच लगाएका छन्।

युद्धमा लुटिएका र तस्करी गरेर अर्को देश पुगेका ऐतिहासिक वस्तु वा दस्तावेजहरु सम्बन्धित मुलुकमै फर्काउने नियमअनुसार यो हिरा जडित श्रीपेच पनि भारत फर्किनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उदृत गर्दै ‘द टेलीग्राफ’ले जनाएको छ।

भारतीय पुरातत्व सर्वेक्षणले पनि उक्त श्रीपेच भारतको सम्पत्ति भएको र त्यो भारतमै फर्किनुपर्ने जिकिर गरेको पत्रिकाले जनाएको छ। समाचारअनुसार यो श्रीपेच तत्कालीन राजा द्लिप सिंहको हो र त्यस समय राजा सिंहको उमेर केवल १० वर्षको मात्र थियो।

प्रकाशित मिति: : 2023-05-15 08:50:00

प्रतिकृया दिनुहोस्