आङ्टावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी भएका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

शेर्पाले टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर साेमबार साँझ आत्मसमर्पण गरेका हुन्। उनीविरद्ध हिजाे (आइतबार) पक्राउ पुर्जी जारी भएकाे थियाे।

प्रहरी थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए। बालकृष्णको दूत बनेर उनी दुलाल र भण्डारीलाई खाँणको नाम नपोल्न भन्दै प्रहरी कार्यालयमा पुगेका थिए।

२०७० मा रामेछाप– १ बाट संविधानसभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन्।

हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने बारेमा कुरा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: : 2023-05-15 19:25:00

प्रतिकृया दिनुहोस्