राष्ट्रपतिकाे सवारीमा जे देखियाे (तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

शुक्रबार दिउँसाे संसद भवन पुगेर सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा बिना तामझाम गएकाे थिए। सडक खाली गराएर राष्ट्रपतिकाे सवारी गर्ने पुरानो परम्परा ताेड्दै सामान्य रुपमा पौडेलले संसद् भवन पुगेका हुन्।

राष्ट्रपति पौडेलले सर्वसाधारणलाई सास्ती हुनेगरी तामझामको तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन थिए। साेही बमाेजिम उनी संसद भवन पुगेका हुन्। संसद भवनको गेटबाट भने औपचारिकताका लागि मात्रै कारकेडको व्यवस्था गरिएको थियो।

प्रकाशित मिति: : 2023-05-19 16:52:00

प्रतिकृया दिनुहोस्