एमालेको पहलमा नियुक्त प्रधानमन्त्री दुई नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो: अध्यक्ष ओली (भिडियाे)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको निर्णायक पहलमा नियुक्त भएका प्रधानमन्त्री सरकारको मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल भाग लिँदै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै यस्ताे टिप्पणी गरेका हुन्।

‘नेकपा एमालेको निर्णायक पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी,  राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुको प्रस्तावमा नियुक्त हुनुभएका प्रधानमन्त्रीज्यू, भलै दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। ‘मुटु प्रत्यारोपण भइसकेको भएपनि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने विशाल हृदयका साथ मैले नीति तथा कार्यक्रम नामक दस्तावेजको प्रस्तुती सुनेँ र पढेँ पनि’, उनले भने।

उनले के आधारमा, के उदेश्यमा याे नीति तथा कार्यक्रमको आएकाे छ भनी प्रश्नसमेत गरे। 

प्रकाशित मिति: : 2023-05-21 12:28:00

प्रतिकृया दिनुहोस्