लुम्बिनीमा थपिए तीन मन्त्री, माओवादी विवादले मन्त्रिपरिषद्ले पाएन पूर्णता

File Photo
File Photo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले तीन मन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई दोस्रो पटक विस्तार गरेका छन्। वैशाख १५ गते मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै चौधरीले चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए।

मुख्यमन्त्री बनेको महिनादिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार नगरेका चौधरीले आज सोमाबार कांग्रेस, जसपा, जनमतबाट एक/एक जना गरी तीन जना थपेर सात सदस्सीय मन्त्रिपरिषद् बनाएका छन्।

जसअनुसार कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका छन्। उनीहरुको सपथ ग्रहण पनि आजै हुने तयारी छ।

त्यस्तै दुई जना विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकिएको छ। नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाई आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा माओवादीका धनबहादुर मास्की थिए। लुम्बिनीमा माओवादी केन्द्रभित्र को मन्त्री बन्ने भन्ने विवाद हुँदा थप मन्त्रालयले मन्त्री पाउन सकेन। दलहरुबीचमा मन्त्रालयको आकांक्षा हुँदा मन्त्रालयको संख्या बढाउनेसमेतको तयारी भएको छ।

प्रकाशित मिति: : 2023-05-22 12:58:00

प्रतिकृया दिनुहोस्