मुख्यमन्त्रीसहितको टोलीले बालुवाटारमा प्रधानमन्त्री भेट्दै

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह सहितको टोलीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्दै छन्।

प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा बिहान ७ बजे भेट्ने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाहीले बताए।

मन्त्री शाहीले बुधबार प्रधानमन्त्री प्रचण्डका अतिरिक्त प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दलका प्रमुख पनि भेट्ने तयारी रहेको उनले बताए।

सुदूरपश्चिम सरकारलाई स्रोतको पहुँचमा कमजोर बनाइएको राजस्व कम उठेको भन्दै समानीकरण अनुदानको अन्तिम किस्ताको भुक्तानीसमेत रोकिएको विषयमा ध्यानाकर्षण गराउन काठमाडौं आएको उनीहरूले बताएका छन्। उनीहरूले कर्णाली प्रदेशसँग पनि समन्वय गरिरहेका छन्। 

प्रकाशित मिति: : 2023-05-24 07:16:00

प्रतिकृया दिनुहोस्