रेशम चौधरीको आममाफीको प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता 

File Photo
File Photo

टिकारपुर हत्याकण्डको योजनाकारको रुपमा सजाय भोगिरहेका रेशम चौधरीले मागेको आममाफीको प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता पठाएको छ। शुक्रबार चौधरीको आममाफीसम्बन्धी फाइल राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको हो।

चौधरीको आममाफीसम्बन्धी प्रकृया नमिलेको भन्दै फाइल फिर्ता गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

टिकापुरमा २०७२ भदौमा भएको हत्याकण्डामा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। उक्त घटनामादोषी ठहर गर्दै रेशम चौधरीलाई अदालतले जन्म कैद (२० वर्ष) तोकेको थियो।

प्रकाशित मिति: : 2023-05-26 16:32:00

प्रतिकृया दिनुहोस्