नौ हजारभन्दा बढी अफगानीद्वारा शरणका निम्ति आवेदन

एक महिनाको अवधिमा नौ हजारभन्दा बढी अफगानीले युरोपेली सङ्घमा शरणका लागि आवेदन गरेका पाइएको छ।

युरोपेली जनगणना ब्युरोका अनुसार गत महिनामा नौ हजारभन्दा बढी अफगान नागरिकले सङ्घका सदस्य राष्ट्रमा शरणका लागि आवेदन गरेका पाइएको छ। कुनै एक देशबाट शरणका निम्ति आवेदन गरिएको यो अभिलेख अहिलेसम्मकै उच्च हो।

चालु वर्षको  प्रारम्भमा नै सङ्घका सदस्य राष्ट्रमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ। गत बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्यूरोले फेब्रुवरीमा मात्रै ७६ हजार पाँच सय व्यक्तिले सङ्घका सदस्य देशमा शरणका लागि आवेदन बुझाएके र गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको जनाइएको छ।

युरोपेली सङ्घमा आबद्ध मुलुकमा सबैभन्दा धेरै शरण खोज्नेको सङ्ख्या सिरिया र अफगानिस्तानका नागरिकको रहेको छ। शरणका लागि आवेदनको ७७ प्रतिशत क्रमशः स्पेन, जर्मनी, फ्रान्स र इटालीमा दर्ता भएको छ। जर्मनीमा फेव्रुवरीमा २५ हजारभन्दा आवेदन परेका छन्।

प्रकाशित मिति: : 2023-05-28 06:13:00

प्रतिकृया दिनुहोस्