नेपाल खत्री समाज गुठीको सद्भावना भ्रमण र सम्मान कार्यक्रम सम्पन्न

नेपाल खत्री समाज गुठी तारकेश्वर नेपालटारको आयोजनामा एक दिने सद्भावना भ्रमण सम्पन्न भएको छ।

नुवाकोट दरबार, बेत्रावती, देविघाट, गेर्खुटार, झिल्टुङ क्षेत्रको अवलोकन भ्रमण सम्पन्न भएको हो। नेपाल खत्री समाज तारकेश्वरले विदुर नगरपालिकाका वडा नम्बर  ७ का वडाध्यक्ष रविन्द्र नेपाल, वडा नम्बर १० का वडाध्यक्ष गणेश नेपाल र झिल्टुङ नेपाल समाजका अध्यक्ष नारायण नेपाललाई सम्मान गरेको छ।

कार्यक्रममा नेपाल खत्री समाजका प्रबुद्ध व्यक्तिहरू,  नेपाल वंश परिषदका सदस्य कलाकार उत्तम नेपाल केसी लगायतको सहभागिता रहेको थियो। सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्षहरू रविन्द्र नेपाल, गणेश नेपाल र झिल्टुङ नेपाल समाजका अध्यक्ष नारायण नेपालले नेपाल वंशको उद्गम थलोको रुपमा रहेको झिल्टुङ र नुवाकोटका पर्यटकीय क्षेत्रको प्रबर्द्धनका लागि सामुहिक सक्रियता र भूमिका आवश्यक रहेको बताएका छन्।

गुठिका अध्यक्ष श्रीकृष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा मदनकृष्ण नेपालको सहजिकरण रहेको थियो। उक्त कार्यक्रममा समाजका जेष्ट सदस्य कुलकुमारी नेपाललाई विशेष सम्मान गरिएको थियो।

प्रकाशित मिति: : 2023-05-28 07:24:00

प्रतिकृया दिनुहोस्