उपहार स्वरुप युवतीले दिएकाे स्यानिटरी प्याड मन्त्री साउदले युवालाई बाँडे

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदलाई एक युवतीले स्यानिटरी प्याड प्रदान गरेकी छन्।

आज (आइतबार) धनगढीमा युवालय नामक संस्थाले आयोजना गरेको प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा मन्त्री साउदलाई डोटीकी स्वस्तिका खत्रीले प्याड प्रदान गरेकी हुन्।

त्यसपछि मन्त्री साउदले त्यहीँ प्याड कार्यक्रममा ९ जना युवकलाई प्याड वितरण गरेका थिए। महिला मात्र नभएर पुरुषहरु पनि महिनावारीको सवालमा उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै मन्त्रीले प्याड वितरण गरिएको बताइएको छ।

मन्त्री साउदलाई स्वस्तिका खत्रीले प्याड उपहार दिएकी थिइन्। उनीबाट प्राप्त भएकै प्याड मन्त्रीले युवाहरुलाई दिएका हुन्।

प्रकाशित मिति: : 2023-05-28 12:56:00

प्रतिकृया दिनुहोस्