कीर्तिमानी आरोही हरि बुढागरलाई एमालेद्वारा सम्मान 

विश्व कीर्तिमानी हरि बुढामगरलाई नेकपा एमालेले सम्मान गरेको छ।

एमालेले आइतबार पार्टी कार्यालय च्यासलमा दुबै खुट्टा गुमाए पनि कृत्रिम खुट्टाको सहायताले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका बुढामगरलाई सम्मान गरेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्मान गर्दै सगरमाथा आरोहण गरेकोमा बधाइ ज्ञापन गरे। ओलीले बुढामगरको साहस निकै ठूलो रहेको बताए। बुढामगर सगरमाथा आरोहण गरी मंगलबार काठमाडौं फर्किएका थिए।

प्रकाशित मिति: : 2023-05-28 14:50:00

प्रतिकृया दिनुहोस्