साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

भारतमा आयोजना हुने १४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ।

मंगलबार मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले ३० सदस्यीय टोली षणा गरेका हुन्। आगामी असार ६ गतेदेखि १८ गतेसम्म भारतको बैंगलाेरमा प्रतियोगिता आयोजना हुँदैछ।

साफमा नेपालसहित भारत, कुवेत र पाकिस्तान समूह 'ए' मा रहेका छन् भने समूह 'बी' मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन्।

नेपालको प्रारम्भिक टोली 
गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन

प्रकाशित मिति: : 2023-05-31 10:57:00

प्रतिकृया दिनुहोस्