भारतसँग भूमि साट्ने विषयमा औपचारिक छलफल भएको छैन– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भूमि सट्टापट्टा गर्ने विकल्पबारे औपचारिकरुपमा विषय प्रवेश नभएको बताएका छन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले ‘भारत–बङ्गलादेश मोडल’मा नेपाल र भारतको सीमा समस्या समाधान गर्नेबारे चर्चा भए पनि त्यो औपचारिक नभएको बताए।

‘प्रधानमन्त्री मोदी र मेराबीचमा कुरा हुँदा भारत र बङ्गलादेशले सीमा समस्या हल गरेको चर्चा हामीले गरेकै हो,’ प्रधानमन्त्री प्रचण्डले रासससँगकाे अन्तर्वार्तामा भनेका छन्, ‘धेरै ठाउँमा अप्ठ्यारो पर्‍यो भने सट्टापट्टा गर्ने चलन पनि छ। तर, अहिले नै यी विकल्पबारे हामी औपचारिक ढङ्गले प्रवेश गरेका छैनौँ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल र भारतबीचको सीमा समस्या राख्न नहुने र समाधानको लागि बङ्गलादेश मोडल पनि एउटा अवसरमा हुन सक्ने बताएको जानकारी दिए।

प्रकाशित मिति: : 2023-06-03 14:03:00

प्रतिकृया दिनुहोस्